Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता

View through CrossRef
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ । लिखित वा मुद्रित शब्दमा अभिव्यक्त जीवनाभूतिले कलात्मक ढङ्गमा श्रव्यदृश्य परिणति प्राप्त गर्दाका अवस्थामा नाटककारको रचनाकर्मले सार्थकता सिद्ध गर्छ । तसर्थ नाटकलाई रङ्गमञ्चीय प्रस्तुतिप्रदर्शनको विषय मानेर पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्यको निरूपण गरिएको छ। त्यसैले यस लेखमा अभिनेय गुणवैशिष्ट्यको निरूपणका लागि भरतद्वारा प्रवर्तित र परवर्ती आचार्यद्वारा प्रवर्धित अभिनय नाट्यमान्यतालाई आधार बनाइएको छ । नाटकलाई साहित्य कलाका अन्य भेदसरह साहित्यका सामान्य तत्त्वका आधारमा प्रस्तुत नाट्यकृतिको अध्ययन भएको पाइन्छ । त्यस्तै मल्लका समग्र नाटकको संरचना र शिल्प वैशिष्ट्यको अध्ययन भएको छ तापनि प्रस्तुत नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्यमा मात्र केन्द्रित भई विशिष्टीकृत अध्ययन भएको पाइँदैन । त्यसैले यो अध्ययन महत्त्वपूर्ण रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिमा आधारित छ र यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ। पहाड चिच्याइरहेछ नाट्यकृतिमा संरचित संवादको अध्ययन गर्दा हाम्रा मानसिकतामा आङ्गिक, वाचिक, सात्त्विक र सात्त्विक अनुक्रियाका बिम्बप्रतिबिम्ब तथा ध्वन्यात्मक लहरप्रतिलहरहरू उदाउँछन् । यिनै आधारहरूलाई मानससाक्षात्कार गरेर रङ्गकर्मीले चतुर्विध अभिनयमा रूपान्तरण गरी दर्शकमाझ नाट्यमर्मलाई श्रव्यदृश्य परिणति प्रदान गर्ने अवसर प्रचुर मात्रा छ । यसै कारणले प्रस्तुत नाट्यकृतिले श्रव्यदृश्य काव्यको महिमा उपार्जन गरेको छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।
Title: पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
Description:
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ । लिखित वा मुद्रित शब्दमा अभिव्यक्त जीवनाभूतिले कलात्मक ढङ्गमा श्रव्यदृश्य परिणति प्राप्त गर्दाका अवस्थामा नाटककारको रचनाकर्मले सार्थकता सिद्ध गर्छ । तसर्थ नाटकलाई रङ्गमञ्चीय प्रस्तुतिप्रदर्शनको विषय मानेर पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्यको निरूपण गरिएको छ। त्यसैले यस लेखमा अभिनेय गुणवैशिष्ट्यको निरूपणका लागि भरतद्वारा प्रवर्तित र परवर्ती आचार्यद्वारा प्रवर्धित अभिनय नाट्यमान्यतालाई आधार बनाइएको छ । नाटकलाई साहित्य कलाका अन्य भेदसरह साहित्यका सामान्य तत्त्वका आधारमा प्रस्तुत नाट्यकृतिको अध्ययन भएको पाइन्छ । त्यस्तै मल्लका समग्र नाटकको संरचना र शिल्प वैशिष्ट्यको अध्ययन भएको छ तापनि प्रस्तुत नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्यमा मात्र केन्द्रित भई विशिष्टीकृत अध्ययन भएको पाइँदैन । त्यसैले यो अध्ययन महत्त्वपूर्ण रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिमा आधारित छ र यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ। पहाड चिच्याइरहेछ नाट्यकृतिमा संरचित संवादको अध्ययन गर्दा हाम्रा मानसिकतामा आङ्गिक, वाचिक, सात्त्विक र सात्त्विक अनुक्रियाका बिम्बप्रतिबिम्ब तथा ध्वन्यात्मक लहरप्रतिलहरहरू उदाउँछन् । यिनै आधारहरूलाई मानससाक्षात्कार गरेर रङ्गकर्मीले चतुर्विध अभिनयमा रूपान्तरण गरी दर्शकमाझ नाट्यमर्मलाई श्रव्यदृश्य परिणति प्रदान गर्ने अवसर प्रचुर मात्रा छ । यसै कारणले प्रस्तुत नाट्यकृतिले श्रव्यदृश्य काव्यको महिमा उपार्जन गरेको छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।.

Related Results

नाटककार विजय मल्लको रङ्गमञ्च शिल्प {Dramatist Bijay Malla's art of theater}
नाटककार विजय मल्लको रङ्गमञ्च शिल्प {Dramatist Bijay Malla's art of theater}
प्रस्तुत लेख विजय मल्लका नाटकको रङ्गमञ्चशिल्पको अभ्ययनमा केन्द्रित छ । रङ्गमञ्चशिल्पको वैशिष्ट्य निरूपण नाटकको रङ्गमञ्चीय प्रस्तुतिका रूप र अवस्थाको प्रत्यक्ष अवलोकनबाट हुन्छ तापनि...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...

Back to Top