Javascript must be enabled to continue!
ऋग्वेदमा नारीको दैवीभूमिका
View through CrossRef
ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई विशिष्ट स्थान दिएको पाइन्छ । विशेष गरी ऋग्वेदमा नारीहरूको ईश्वरीय स्वरूप र प्रकृतिको मानकीकृत नारी स्वरूपको वन्दना र स्तुति गरिएको छ । ऋग्वेदका विभिन्न मण्डलका त्रिचालिस वटा सूक्तमा नारीको दैवी स्वरूप प्रस्तुत गरिएको छ । ती सूक्तहरूमा नारीमा ईश्वरीय, प्रकृतिको मानकीकृत स्वरूप र मानवीय स्वरूप प्रस्तुत गरिएको छ । यहाँ नारीलाई उज्यालो, मानवको रक्षक, आत्मनिर्णयी, मन्त्रद्रष्टा, योद्धा, माता, श्रद्धा, देवपत्नीका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनमा ऋग्वेदमा नारीका दैवी भूमिकाको अध्ययन गरिएको छ । यसका लागि मानवशास्त्री मोर्गनर जी एम घुर्मेका मान्यतालाई मुख्य आधार मानिएको छ । यस मान्यताका अनुसार समाज विकासको चरणमा मानवले दैवी शक्तिको परिकल्पना ग¥यो । त्यसबेला उसले दिव्य शक्तिको परिकल्पना गर्यो र नारीका विभिन्न भूमिकाहरू निर्धारण गर्यो भन्ने नारीको दैवी भूमिकासम्बन्धी मान्यतालाई सैद्धान्तिक मान्यताका रूपमा व्याख्या गरिएको छ । यसबाट ऋग्वेदमा उषा, द्यावा, सरस्वती, अरण्यानी र पृथ्वी सूक्तमा नारीको दैवी भूमिका देखाइएको छ । यसले संसारको प्राचीनतम ग्रन्थ ऋग्वेदमा पुरुष समान नारीलाई पनि पूर्ण भूमिका दिएको छ । तर त्यसपछिको समयमा भने नारीको दैवीभूमिका खुम्चिँदै गएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: ऋग्वेदमा नारीको दैवीभूमिका
Description:
ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई विशिष्ट स्थान दिएको पाइन्छ । विशेष गरी ऋग्वेदमा नारीहरूको ईश्वरीय स्वरूप र प्रकृतिको मानकीकृत नारी स्वरूपको वन्दना र स्तुति गरिएको छ । ऋग्वेदका विभिन्न मण्डलका त्रिचालिस वटा सूक्तमा नारीको दैवी स्वरूप प्रस्तुत गरिएको छ । ती सूक्तहरूमा नारीमा ईश्वरीय, प्रकृतिको मानकीकृत स्वरूप र मानवीय स्वरूप प्रस्तुत गरिएको छ । यहाँ नारीलाई उज्यालो, मानवको रक्षक, आत्मनिर्णयी, मन्त्रद्रष्टा, योद्धा, माता, श्रद्धा, देवपत्नीका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनमा ऋग्वेदमा नारीका दैवी भूमिकाको अध्ययन गरिएको छ । यसका लागि मानवशास्त्री मोर्गनर जी एम घुर्मेका मान्यतालाई मुख्य आधार मानिएको छ । यस मान्यताका अनुसार समाज विकासको चरणमा मानवले दैवी शक्तिको परिकल्पना ग¥यो । त्यसबेला उसले दिव्य शक्तिको परिकल्पना गर्यो र नारीका विभिन्न भूमिकाहरू निर्धारण गर्यो भन्ने नारीको दैवी भूमिकासम्बन्धी मान्यतालाई सैद्धान्तिक मान्यताका रूपमा व्याख्या गरिएको छ । यसबाट ऋग्वेदमा उषा, द्यावा, सरस्वती, अरण्यानी र पृथ्वी सूक्तमा नारीको दैवी भूमिका देखाइएको छ । यसले संसारको प्राचीनतम ग्रन्थ ऋग्वेदमा पुरुष समान नारीलाई पनि पूर्ण भूमिका दिएको छ । तर त्यसपछिको समयमा भने नारीको दैवीभूमिका खुम्चिँदै गएको छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...

