Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

ऋग्वेदमा नारीको दैवीभूमिका

View through CrossRef
ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई विशिष्ट स्थान दिएको पाइन्छ । विशेष गरी ऋग्वेदमा नारीहरूको ईश्वरीय स्वरूप र प्रकृतिको मानकीकृत नारी स्वरूपको वन्दना र स्तुति गरिएको छ । ऋग्वेदका विभिन्न मण्डलका त्रिचालिस वटा सूक्तमा नारीको दैवी स्वरूप प्रस्तुत गरिएको छ । ती सूक्तहरूमा नारीमा ईश्वरीय, प्रकृतिको मानकीकृत स्वरूप र मानवीय स्वरूप प्रस्तुत गरिएको छ । यहाँ नारीलाई उज्यालो, मानवको रक्षक, आत्मनिर्णयी, मन्त्रद्रष्टा, योद्धा, माता, श्रद्धा, देवपत्नीका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनमा ऋग्वेदमा नारीका दैवी भूमिकाको अध्ययन गरिएको छ । यसका लागि मानवशास्त्री मोर्गनर जी एम घुर्मेका मान्यतालाई मुख्य आधार मानिएको छ । यस मान्यताका अनुसार समाज विकासको चरणमा मानवले दैवी शक्तिको परिकल्पना ग¥यो । त्यसबेला उसले दिव्य शक्तिको परिकल्पना गर्यो र नारीका विभिन्न भूमिकाहरू निर्धारण गर्यो भन्ने नारीको दैवी भूमिकासम्बन्धी मान्यतालाई सैद्धान्तिक मान्यताका रूपमा व्याख्या गरिएको छ । यसबाट ऋग्वेदमा उषा, द्यावा, सरस्वती, अरण्यानी र पृथ्वी सूक्तमा नारीको दैवी भूमिका देखाइएको छ । यसले संसारको प्राचीनतम ग्रन्थ ऋग्वेदमा पुरुष समान नारीलाई पनि पूर्ण भूमिका दिएको छ । तर त्यसपछिको समयमा भने नारीको दैवीभूमिका खुम्चिँदै गएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: ऋग्वेदमा नारीको दैवीभूमिका
Description:
ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई विशिष्ट स्थान दिएको पाइन्छ । विशेष गरी ऋग्वेदमा नारीहरूको ईश्वरीय स्वरूप र प्रकृतिको मानकीकृत नारी स्वरूपको वन्दना र स्तुति गरिएको छ । ऋग्वेदका विभिन्न मण्डलका त्रिचालिस वटा सूक्तमा नारीको दैवी स्वरूप प्रस्तुत गरिएको छ । ती सूक्तहरूमा नारीमा ईश्वरीय, प्रकृतिको मानकीकृत स्वरूप र मानवीय स्वरूप प्रस्तुत गरिएको छ । यहाँ नारीलाई उज्यालो, मानवको रक्षक, आत्मनिर्णयी, मन्त्रद्रष्टा, योद्धा, माता, श्रद्धा, देवपत्नीका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनमा ऋग्वेदमा नारीका दैवी भूमिकाको अध्ययन गरिएको छ । यसका लागि मानवशास्त्री मोर्गनर जी एम घुर्मेका मान्यतालाई मुख्य आधार मानिएको छ । यस मान्यताका अनुसार समाज विकासको चरणमा मानवले दैवी शक्तिको परिकल्पना ग¥यो । त्यसबेला उसले दिव्य शक्तिको परिकल्पना गर्यो र नारीका विभिन्न भूमिकाहरू निर्धारण गर्यो भन्ने नारीको दैवी भूमिकासम्बन्धी मान्यतालाई सैद्धान्तिक मान्यताका रूपमा व्याख्या गरिएको छ । यसबाट ऋग्वेदमा उषा, द्यावा, सरस्वती, अरण्यानी र पृथ्वी सूक्तमा नारीको दैवी भूमिका देखाइएको छ । यसले संसारको प्राचीनतम ग्रन्थ ऋग्वेदमा पुरुष समान नारीलाई पनि पूर्ण भूमिका दिएको छ । तर त्यसपछिको समयमा भने नारीको दैवीभूमिका खुम्चिँदै गएको छ भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...

Back to Top