Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

वासवदत्तामा अलङ्कारविधान

View through CrossRef
वासवदत्ता कथाकाव्यका रचयिता सुबन्धु हुन् । सुबन्धु बाण र दण्डीका पनि पूर्ववर्ती मानिन्छन् । सुबन्धुरचित वासवदत्ता, बाणरचित कादम्बरी र दण्डीरचित दशकुमारचरित; यी तीन काव्यको समन्वयात्मक नाम बृहत्त्रयी हो । बृहत्त्रयीका रूपमा गणना गरिनुले यी काव्यको संस्कृत गद्यसाहित्यका इतिहासमा विशेष प्रतिष्ठा प्रतीत हुन्छ । प्रस्तुत वासवदत्ता कथाकाव्यलाई प्राप्त यस विशिष्ट प्रतिष्ठाको पृष्ठभूमि यसमा विद्यमान आलङ्कारिक चमत्कृतिमय गद्यशिल्प हो । यस काव्यमा खास गरी शब्दालङ्कारका सौन्दर्यमा कविश्रम केन्द्रित भएको देखिन्छ । वासवदत्तालाई कवि स्वयम्‌ले अक्षर अक्षरमा श्लेषचमत्कारद्वारा परिपूर्ण काव्य भनी घोषणा गरेका छन् । यसो भए पनि यस काव्यमा अर्थालङ्कारहरू पनि प्रशस्त सचमत्कार दृष्टिगोचर भएका छन् । थुप्रै अर्थालङ्कारहरूमध्ये उपमा, उत्प्रेक्षा, विरोधाभास र परिसङ्ख्या उल्लेखनीय देखिन्छ । चाहे अन्य शब्दालङ्कार होउन् या अर्थालङ्कार होउन्, सर्वत्र कतै सभङ्ग त कतै अभङ्ग श्लेष प्रभावशाली रूपमा उपस्थित भएको देखिन्छ । अलङ्कारसंयोजनका ध्याउन्‍नमा लागेका कविले यस काव्यमा वस्तु र रसादिको उपेक्षा हुन पुगेर तज्जन्य दोषपक्षका कारण काव्यमूल्यमा न्यूनता आएको पनि ख्याल गर्न नभ्याएको प्रतीत हुन्छ । यो काव्य मूलतः शब्दालङ्कारमूलक शाब्दी क्रीडाको पाण्डित्यप्रदर्शनमय दृष्टान्त बन्‍न पुगेको छ । यस काव्यमा अलङ्कारहरू शाब्द र वाच्य तहमा मात्र नभएर ध्वनक एवम् ध्वनित रूपमा समेत अस्तित्ववान् देखिन्छन् । समष्टिगत रूपमा वासवदत्ता अलङ्कारविधानका दृष्टिले निकै मूल्यवान् रहेको छ ।   
Title: वासवदत्तामा अलङ्कारविधान
Description:
वासवदत्ता कथाकाव्यका रचयिता सुबन्धु हुन् । सुबन्धु बाण र दण्डीका पनि पूर्ववर्ती मानिन्छन् । सुबन्धुरचित वासवदत्ता, बाणरचित कादम्बरी र दण्डीरचित दशकुमारचरित; यी तीन काव्यको समन्वयात्मक नाम बृहत्त्रयी हो । बृहत्त्रयीका रूपमा गणना गरिनुले यी काव्यको संस्कृत गद्यसाहित्यका इतिहासमा विशेष प्रतिष्ठा प्रतीत हुन्छ । प्रस्तुत वासवदत्ता कथाकाव्यलाई प्राप्त यस विशिष्ट प्रतिष्ठाको पृष्ठभूमि यसमा विद्यमान आलङ्कारिक चमत्कृतिमय गद्यशिल्प हो । यस काव्यमा खास गरी शब्दालङ्कारका सौन्दर्यमा कविश्रम केन्द्रित भएको देखिन्छ । वासवदत्तालाई कवि स्वयम्‌ले अक्षर अक्षरमा श्लेषचमत्कारद्वारा परिपूर्ण काव्य भनी घोषणा गरेका छन् । यसो भए पनि यस काव्यमा अर्थालङ्कारहरू पनि प्रशस्त सचमत्कार दृष्टिगोचर भएका छन् । थुप्रै अर्थालङ्कारहरूमध्ये उपमा, उत्प्रेक्षा, विरोधाभास र परिसङ्ख्या उल्लेखनीय देखिन्छ । चाहे अन्य शब्दालङ्कार होउन् या अर्थालङ्कार होउन्, सर्वत्र कतै सभङ्ग त कतै अभङ्ग श्लेष प्रभावशाली रूपमा उपस्थित भएको देखिन्छ । अलङ्कारसंयोजनका ध्याउन्‍नमा लागेका कविले यस काव्यमा वस्तु र रसादिको उपेक्षा हुन पुगेर तज्जन्य दोषपक्षका कारण काव्यमूल्यमा न्यूनता आएको पनि ख्याल गर्न नभ्याएको प्रतीत हुन्छ । यो काव्य मूलतः शब्दालङ्कारमूलक शाब्दी क्रीडाको पाण्डित्यप्रदर्शनमय दृष्टान्त बन्‍न पुगेको छ । यस काव्यमा अलङ्कारहरू शाब्द र वाच्य तहमा मात्र नभएर ध्वनक एवम् ध्वनित रूपमा समेत अस्तित्ववान् देखिन्छन् । समष्टिगत रूपमा वासवदत्ता अलङ्कारविधानका दृष्टिले निकै मूल्यवान् रहेको छ ।   .

Back to Top