Javascript must be enabled to continue!
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
View through CrossRef
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
Title: सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
Description:
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । सरूभक्तका विज्ञाननाटकमा विज्ञानको चरम विकाससँगै मानव र यन्त्र समान भएको, पृथ्वीमा न्युक्लियर बढ्दै गएकाले त्यसबाट जीवको अस्तित्व जोगाउन एन्टिन्युक्लियर इन्जेक्सन निर्माण गरिएको साथै मानवले अन्तरिक्षमा बस्ती बसालेर सहज रूपमा काठमाडौँ जानेआउने गरेको स्वैरकल्पनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । यसरी विज्ञानका क्षेत्रमा गरिएका आशातीत विकास, मानव अस्तित्व रक्षार्थ भएको विश्वएकीकरण साथै मानिसले उच्च तापक्रम सहनसक्ने औषधी निर्माण गर्नेजस्ता कार्यबाट वैज्ञानिक संसारको सुदूर भविष्यलाई कार्यकारण रूपमा प्रस्तुत गरिएको छ । सरूभक्तका ‘इथर’ र ‘निमावीय’ नाटकमा विज्ञानका क्षेत्रका असम्भव र अज्ञात पक्षलाई तार्किक रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।.
Related Results
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

