Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सङ्गीतमा नादानुसन्धान

View through CrossRef
नादलाई साक्षात् ब्रह्मस्वरूप मानेको हुनाले सम्पूर्ण जगत नै नादको अधीनमा रहेको मानिन्छ । यहि नादको साधना वा माध्यमले ब्रह्म प्राप्ति अथवा अभिष्ट लक्ष्यको साक्षात्कार गर्नको लागि गरिने खोजलाई नादानुसन्धान भनिएको छ । सङ्गीतमा प्रयोग हुने ध्वनिलाई पनि नाद भनिएको छ । त्यसैले सङ्गीत सृजनाको आधार पनि नाद नै रहेको मान्न सकिन्छ । आहत र अनाहत गरी २ नादमा ब्रह्म साक्षात्कार गराउने नाद र लौकिक ख्याति प्राप्ति गराउने नादको उत्पत्ति, भेद, स्वरूप, लक्षण र महत्व लगायतका विषयमा स्पष्टता हासिल गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ । यसका लागि सङ्गीत एवं वैदिक वाङ्मयमा दिइएका तथ्य र प्रमाणहरूका आधारमा गुणात्मक विधिद्वारा व्याख्या तथा विश्लेषण गरी सुक्ष्मताले नियाल्ने र त्यसलाई उजागर गर्ने लक्ष्य राखिएको छ । ब्रह्म प्राप्ति अथवा मोक्षमार्गमा जान चाहनेले आहतको तुलनामा अनाहत नादको उपासना धेरै गर्ने गरेको र यसलाई मुक्तिदायक नाद मानेको पाइयो भने संसारको विलासिता र अनेक लौकिक इच्छा पूर्तिको कामना गर्नेहरूले केवल आहत नाद अर्थात् रक्तिदायक नादको साधना गर्ने गरेको पाइएको छ । साथै अनाहत नादको व्यवहारिक सङ्गीतसंग कुनै सम्वन्ध नरहेको भनिए तापनि अत्यन्त चञ्चल मन उपास्यब्रह्ममा स्थिर गर्न आहतनादले पनि ठुलो भूमिका निर्वहन गरेको हुन्छ भन्ने अध्ययनले देखाएको छ । नादानुसन्धानको विषयमा अध्ययन गर्न चाहनेहरूलाई यस अध्ययनको परिणामले ज्ञान अभिबृद्धि गर्नुको साथै शास्त्र प्रमाणित निश्चित मार्ग प्रशस्त गर्ने छ भन्ने अपेक्षा गरिएको छ ।
Title: सङ्गीतमा नादानुसन्धान
Description:
नादलाई साक्षात् ब्रह्मस्वरूप मानेको हुनाले सम्पूर्ण जगत नै नादको अधीनमा रहेको मानिन्छ । यहि नादको साधना वा माध्यमले ब्रह्म प्राप्ति अथवा अभिष्ट लक्ष्यको साक्षात्कार गर्नको लागि गरिने खोजलाई नादानुसन्धान भनिएको छ । सङ्गीतमा प्रयोग हुने ध्वनिलाई पनि नाद भनिएको छ । त्यसैले सङ्गीत सृजनाको आधार पनि नाद नै रहेको मान्न सकिन्छ । आहत र अनाहत गरी २ नादमा ब्रह्म साक्षात्कार गराउने नाद र लौकिक ख्याति प्राप्ति गराउने नादको उत्पत्ति, भेद, स्वरूप, लक्षण र महत्व लगायतका विषयमा स्पष्टता हासिल गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ । यसका लागि सङ्गीत एवं वैदिक वाङ्मयमा दिइएका तथ्य र प्रमाणहरूका आधारमा गुणात्मक विधिद्वारा व्याख्या तथा विश्लेषण गरी सुक्ष्मताले नियाल्ने र त्यसलाई उजागर गर्ने लक्ष्य राखिएको छ । ब्रह्म प्राप्ति अथवा मोक्षमार्गमा जान चाहनेले आहतको तुलनामा अनाहत नादको उपासना धेरै गर्ने गरेको र यसलाई मुक्तिदायक नाद मानेको पाइयो भने संसारको विलासिता र अनेक लौकिक इच्छा पूर्तिको कामना गर्नेहरूले केवल आहत नाद अर्थात् रक्तिदायक नादको साधना गर्ने गरेको पाइएको छ । साथै अनाहत नादको व्यवहारिक सङ्गीतसंग कुनै सम्वन्ध नरहेको भनिए तापनि अत्यन्त चञ्चल मन उपास्यब्रह्ममा स्थिर गर्न आहतनादले पनि ठुलो भूमिका निर्वहन गरेको हुन्छ भन्ने अध्ययनले देखाएको छ । नादानुसन्धानको विषयमा अध्ययन गर्न चाहनेहरूलाई यस अध्ययनको परिणामले ज्ञान अभिबृद्धि गर्नुको साथै शास्त्र प्रमाणित निश्चित मार्ग प्रशस्त गर्ने छ भन्ने अपेक्षा गरिएको छ ।.

Back to Top