Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सती प्रथाको प्रादूर्भाव

View through CrossRef
नेपाल, भारतलगायत केही देशहरुमा सती प्रथाको प्रचलन प्राचीन कालदेखि नै विद्यमान रहँदै आएको थियो । प्राचीन कालदेखि सती प्रथा चल्दै आएको भए तापनि पतिको मृत्युसँगै पत्नी चितामा जलेर देहत्याग गर्ने जस्तो यो प्रथा एक अमानवीय कार्य थियो । यस्तो कुप्रथा कहाँबाट कहिलेदेखि सुरु भएको थियो भन्ने कुरामा एकमत पाइँदैन । सती प्रथाको उत्पत्तिको आधार हिन्दू धार्मिक ग्रन्थहरु नै हुन् भन्ने तर्कका पनि कुनै भरपर्दा आधारहरू पाइँदैनन् । हिन्दू धर्मका महत्वपूर्ण ग्रन्थहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेदमा नारीहरू सती जाने कुराको उल्लेख गरिएको पाइँदैन । यी वेदहरूको निर्माण गरिनु भन्दा अगाडि नै सती प्रथा प्रचलनमा आइसकेको मानिन्छ । वैदिककालका मानिसहरु सती प्रथाको बारेमा जानकार थिए । तर उनीहरूले त्यो प्रथा व्यवहारमा अपनाएका थिएनन् । वेदको रचना पछिका विभिन्न पुरोहितहरूले पुराणहरूको रचना गरे । त्यसमा पितृसत्ताको आधिपत्य स्थापना गर्नका लागि पुरोहितहरूले स्त्री धर्मको निर्माण गरे । त्यसमा नारीको दायित्व, कर्तव्य, नैतिक जिम्मेवारीका कुराहरू उल्लेख गरी नारीहरूलाई सती पठाउने गरेको देखिन्छ । तिनमा पनि धर्म र पापसँग स्त्रीहरूलाई जोडेर, पुरुषप्रति नारीहरू उदार रहनु पर्ने सबैको मालिक भगवान् पुरुष जसलाई नारीहरूले जीवन छउन्जेल र मृत्यु पर्यन्त पनि सन्तुष्ट राख्दै सात जन्मसम्म सँगै बस्न पाइने बहानामा सती पठाइएको अध्ययनबाट थाहा पाइन्छ । यसका साथै पुरुषहरूले आर्थिक र राजनीतिक उपलब्धि हासिल गर्न सती पठाउने प्रचलन चलाएको देखिन्छ । केही स्थानमा धर्मको नाममा अन्धविश्वासले र केहीमा  अरूको दबाबमा सती गएको पाइन्छ । सतीको अर्थ सत्यमाथि विश्वास गर्ने स्त्रीसँग सम्बन्धित छ । यसमा पति पत्नीको सम्बन्ध एकदमै अटुट भएको कुरा व्यक्त गरिन्छ । सती प्रथाको उदय मानव सभ्यताको उदयसँगै महापाषाण् युगमा मृतकको साथमा उसले उपभोग गर्ने वस्तुहरूसँगै जलाउने गाड्ने प्रचलन थियो । यही विश्वासले यो प्रथाले अनुकूलता पायो र पत्नीलाई पनि वस्तु सरह जलाउन थालेको अनुमान लगाउन सकिन्छ । यो प्रथाको सुरुआत कहिलेदेख सुरु भयो भन्न सकिँदैन । सती प्रथाको प्रचलन नेपाल भारतमा मात्र नभएर अन्य देशमा पनि पाइएको छ । सती प्रथाको पहिलो प्रमाण ४६३ इशापूर्वमा नेपालमा र त्यसपछि ५१० कमन इरा BC.E. मा भारतमा पाइएको थियो । पन्ध्रौँ शताब्दीदेखि अठारौँ शताब्दीमा सती प्रथाको चरम विकास र अभ्यास भएको थियो । सती प्रथा विशेष गरी राजपुतहरूमा त्यसपछि अन्य जातमा पनि अभ्यास गर्न थालिएको उल्लेख  पाइन्छ ।
Title: सती प्रथाको प्रादूर्भाव
Description:
नेपाल, भारतलगायत केही देशहरुमा सती प्रथाको प्रचलन प्राचीन कालदेखि नै विद्यमान रहँदै आएको थियो । प्राचीन कालदेखि सती प्रथा चल्दै आएको भए तापनि पतिको मृत्युसँगै पत्नी चितामा जलेर देहत्याग गर्ने जस्तो यो प्रथा एक अमानवीय कार्य थियो । यस्तो कुप्रथा कहाँबाट कहिलेदेखि सुरु भएको थियो भन्ने कुरामा एकमत पाइँदैन । सती प्रथाको उत्पत्तिको आधार हिन्दू धार्मिक ग्रन्थहरु नै हुन् भन्ने तर्कका पनि कुनै भरपर्दा आधारहरू पाइँदैनन् । हिन्दू धर्मका महत्वपूर्ण ग्रन्थहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेदमा नारीहरू सती जाने कुराको उल्लेख गरिएको पाइँदैन । यी वेदहरूको निर्माण गरिनु भन्दा अगाडि नै सती प्रथा प्रचलनमा आइसकेको मानिन्छ । वैदिककालका मानिसहरु सती प्रथाको बारेमा जानकार थिए । तर उनीहरूले त्यो प्रथा व्यवहारमा अपनाएका थिएनन् । वेदको रचना पछिका विभिन्न पुरोहितहरूले पुराणहरूको रचना गरे । त्यसमा पितृसत्ताको आधिपत्य स्थापना गर्नका लागि पुरोहितहरूले स्त्री धर्मको निर्माण गरे । त्यसमा नारीको दायित्व, कर्तव्य, नैतिक जिम्मेवारीका कुराहरू उल्लेख गरी नारीहरूलाई सती पठाउने गरेको देखिन्छ । तिनमा पनि धर्म र पापसँग स्त्रीहरूलाई जोडेर, पुरुषप्रति नारीहरू उदार रहनु पर्ने सबैको मालिक भगवान् पुरुष जसलाई नारीहरूले जीवन छउन्जेल र मृत्यु पर्यन्त पनि सन्तुष्ट राख्दै सात जन्मसम्म सँगै बस्न पाइने बहानामा सती पठाइएको अध्ययनबाट थाहा पाइन्छ । यसका साथै पुरुषहरूले आर्थिक र राजनीतिक उपलब्धि हासिल गर्न सती पठाउने प्रचलन चलाएको देखिन्छ । केही स्थानमा धर्मको नाममा अन्धविश्वासले र केहीमा  अरूको दबाबमा सती गएको पाइन्छ । सतीको अर्थ सत्यमाथि विश्वास गर्ने स्त्रीसँग सम्बन्धित छ । यसमा पति पत्नीको सम्बन्ध एकदमै अटुट भएको कुरा व्यक्त गरिन्छ । सती प्रथाको उदय मानव सभ्यताको उदयसँगै महापाषाण् युगमा मृतकको साथमा उसले उपभोग गर्ने वस्तुहरूसँगै जलाउने गाड्ने प्रचलन थियो । यही विश्वासले यो प्रथाले अनुकूलता पायो र पत्नीलाई पनि वस्तु सरह जलाउन थालेको अनुमान लगाउन सकिन्छ । यो प्रथाको सुरुआत कहिलेदेख सुरु भयो भन्न सकिँदैन । सती प्रथाको प्रचलन नेपाल भारतमा मात्र नभएर अन्य देशमा पनि पाइएको छ । सती प्रथाको पहिलो प्रमाण ४६३ इशापूर्वमा नेपालमा र त्यसपछि ५१० कमन इरा BC.
E.
मा भारतमा पाइएको थियो । पन्ध्रौँ शताब्दीदेखि अठारौँ शताब्दीमा सती प्रथाको चरम विकास र अभ्यास भएको थियो । सती प्रथा विशेष गरी राजपुतहरूमा त्यसपछि अन्य जातमा पनि अभ्यास गर्न थालिएको उल्लेख  पाइन्छ ।.

Back to Top