Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

वास्तुशास्त्रमा गृहारम्भ

View through CrossRef
पूर्वीय संस्कृतिमा मानव जीवनका चार आश्रममध्ये गृहस्थाश्रमलाई महत्त्वपूर्ण आश्रम मानिन्छ । गृहस्थाश्रमलाई   सुखमय,  रोगमुक्त, ऐश्वर्ययुक्त र शान्त बनाउने कल्याणकारी शास्त्रलाई वास्तुशास्त्र भनिन्छ ।  पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्त्वको सन्तुलन  र प्राकृतिक ऊर्जाको समूचित प्रयोग नै वास्तुशास्त्रको मूल सिद्धान्त हो ।   मानवद्वारा निर्माण गरिने भवन, देवालय, बगैँचा, पोखरी, कुवा, तलाउ, पशुशाला, प्रतिष्ठा आदि  वास्तुशास्त्रका क्षेत्रहरू भए तापनि  प्रस्तुत लेख वास्तुशास्त्रअन्तर्गतको गृहनिर्माणका प्रारम्भिक प्रक्रियाहरूका सैद्धान्तिक र व्यावहारिक पक्षसँग सम्बन्धित छ । यिनै विषयहरूलाई शोधसमस्या मान्दै गृहनिर्माणको आवश्यकता, घरमा पञ्चतत्त्वको सन्तुलनको आवश्यकता, भूमिको छनौटसम्बन्धी आधारहरू, भूमि परीक्षणको विधि,  वास्तुमुहूर्त र प्रभावका विषयमा शास्त्रीय अवधारणाहरूलाई प्रस्तुत गर्ने उद्देश्य राखिएको छ । यसमा आधुनिक विज्ञानले वास्तुशास्त्रका सिद्धान्तलाई स्वीकार गर्नुको कारण र वास्तुमुहूर्तले गृह स्वामीलाई पार्ने  शुभाशुभ प्रभावलाई  निगमनात्मक विधिका माध्यमद्वारा  विश्‍लेषण गरिएको छ ।
Title: वास्तुशास्त्रमा गृहारम्भ
Description:
पूर्वीय संस्कृतिमा मानव जीवनका चार आश्रममध्ये गृहस्थाश्रमलाई महत्त्वपूर्ण आश्रम मानिन्छ । गृहस्थाश्रमलाई   सुखमय,  रोगमुक्त, ऐश्वर्ययुक्त र शान्त बनाउने कल्याणकारी शास्त्रलाई वास्तुशास्त्र भनिन्छ ।  पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्त्वको सन्तुलन  र प्राकृतिक ऊर्जाको समूचित प्रयोग नै वास्तुशास्त्रको मूल सिद्धान्त हो ।   मानवद्वारा निर्माण गरिने भवन, देवालय, बगैँचा, पोखरी, कुवा, तलाउ, पशुशाला, प्रतिष्ठा आदि  वास्तुशास्त्रका क्षेत्रहरू भए तापनि  प्रस्तुत लेख वास्तुशास्त्रअन्तर्गतको गृहनिर्माणका प्रारम्भिक प्रक्रियाहरूका सैद्धान्तिक र व्यावहारिक पक्षसँग सम्बन्धित छ । यिनै विषयहरूलाई शोधसमस्या मान्दै गृहनिर्माणको आवश्यकता, घरमा पञ्चतत्त्वको सन्तुलनको आवश्यकता, भूमिको छनौटसम्बन्धी आधारहरू, भूमि परीक्षणको विधि,  वास्तुमुहूर्त र प्रभावका विषयमा शास्त्रीय अवधारणाहरूलाई प्रस्तुत गर्ने उद्देश्य राखिएको छ । यसमा आधुनिक विज्ञानले वास्तुशास्त्रका सिद्धान्तलाई स्वीकार गर्नुको कारण र वास्तुमुहूर्तले गृह स्वामीलाई पार्ने  शुभाशुभ प्रभावलाई  निगमनात्मक विधिका माध्यमद्वारा  विश्‍लेषण गरिएको छ ।.

Back to Top